विराटनगर आउँदै प्रचण्ड

विराटनगर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार विराटनगर आउँदैछन्। बुद्ध एयरको विमानमार्फत बिहान ९ः३० बजेतिर उनी विराटनगर आउने कार्यक्रम रहेको माओवादीले जनाएको छ।

प्रचण्डले मोरङ उद्योग व्यापार संघमा ‘हाम्रोमत दैनिक’ को २२ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ। आजै माओवादी केन्द्र विराटनगर महानगरको दोस्रो अधिवेशन पनि उनले उद्घाटन गर्ने तय भएको पार्टीले जनाएको छ।

यसैगरी, संघमै प्रचण्डले यहाँका उद्योगी–व्यापारीहरुको प्रतिनिधिमण्डलसँग भेट गर्नेछन्। त्यस क्रममा उद्योगीहरुले औद्योगिक क्षेत्रका समस्याबारे जानकारी गराउँदै समाधानको पहलका लागि आग्रह गर्ने तयारी गरेका छन्।

माओवादीको नगर अधिवेशन विराटनगर–४ स्थित शुभ ब्यान्केटमा आयोजनाको तयारी गरिएको छ। विराटनगरमा हुने कार्यक्रममा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने छन्। पूर्वप्रधानमन्त्री प्रचण्ड आउने भएपछि बिहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *