स्रोत नखुलेको ७ लाख रुपैयाँसहित भारतीय पक्राउ

विराटनगर। स्रोत नखुलेको ७ लाख रूपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिर नजिकबाट पक्राउ गरेको हो।

को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनलार्य रोकेर जाँच गर्दा ७ लाख नेपाली रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकमको स्रोत उनले खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बताए।

उक्त रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ। यसअघि पनि पटक पटक स्रोत नखुेको रकम लिएर हिंड्नेहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा त्यस्ता रकम हुण्डी कारोबारको भएको खुलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *