सडकबाट गाडी खस्दा चालकको मृत्यु
तस्बिर सौजन्यः रेडियो काबेली
ताप्लेजुङ। ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार फक्ताङलुङ गाउँपालिका–५ याङशीला चोकमा बुधबार दिउँसो १ः३० बजेतिर दुर्घटना भएको हो। लेलेपबाट तापेथोकतर्फ जाँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।
दुर्घटनामा बोलेरो चालक पाँचथरको फिदिम नगरपालिका–३ का २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनको उपचारका क्रममा आधारभूत स्वास्थ्य चौकी तापेथोकमा मृत्यु भएको हो।
ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार दुर्घटनामा फिदिम–३ का सौजन श्रेष्ठ घाइते भएका छन्। गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि जिल्ला अस्पताल फुङलिङ ल्याइएको छ।
प्रतिक्रिया
