अस्ट्रेलियामा नयाँ वर्ष रमझम: नेपालीसँगै रमाए रैथाने र आप्रवासी
अस्ट्रेलिया। नेपाली नयाँ वर्ष २०८२ को अवसरमा अस्ट्रेलियामा रहेका नेपालीहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्। नेपाली एसोसिएसन अफ वेस्टर्न, अस्ट्रेलिया (नावा) ले संस्था २० वर्ष पुगेको असरलाई समेत सदुपयोग गर्दै नयाँ वर्षमा कार्यक्रम आयोजना गरेको हो।
आयोजकका अनुसार कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता थियो। कार्यक्रममा नेपाली समुदायले नेपालको राष्ट्रिय झण्डा बोकेर मौलिक पहिरनमा सहभागी भएका थिए। विश्वका विभिन्न देशका आप्रवासीहरुको व्यापक सहभागिता भएको कार्यक्रममा नावाका अध्यक्ष चुडामणि लामिछानेले स्वागत गर्दै नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका थिए।

नेपाली भाषा पाठशालाका विद्यार्थीहरुले नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान प्रस्तुत गरेका थिए। यसैगरी, नेपाली पञ्चैबाजा बजाएर प्रस्तुति पनि दिइएको थियो। नेपाली मौलिक बाजा र संस्कृति अवलोकन गरेर विश्वका विभिन्न देशका आप्रवासीहरु रोमाञ्चित बनेका थिए। नेपाली विभिन्न परिकारका स्टलहरु पनि राखिएका थिए। आगन्तुकहरुले नेपाली खानाको स्वाद चाखेर प्रशंसा गरेका थिए।
नयाँ वर्षको स्वागतमा विभिन्न नृत्य, गीत, सांस्कृतिक झाँकी र मौलिक सांस्कृतिक प्रस्तुतिहरु दिइएको थियो। नेपाली मौलिक सांस्कृतिक कार्यक्रममा रैथाने र अन्य देशका विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने आप्रवासीहरु पनि रमाएका थिए।

कार्यक्रमलाई सिटी अफ पर्थ, ओएमआई, रोड एन्ड सेफ्टी कमिशन, लट्री वेस्ट जस्ता संस्थाहरूले प्रायोजन गरी सहयोग गरेको आयोजकले जनाएको छ।
एकअर्काको सांस्कृतिक प्रस्तुतिमा सहभागी सबै उत्सुकतापूर्वक घुलमिल गरेको सर्मिला पौडेलले जानकारी दिइन्। उनका अनुसार हरेक वर्ष नयाँ वर्षका दिन र अन्य विशेष दिनहरुमा यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको छ।

अस्ट्रेलिया संसारका धेरैजसो देशहरुबाट भेला भएका आप्रवासीहरुका कारण बहुसांस्कृतिक रुपमा उन्नत छ। यहाँ फरक फरक संस्कृति भएका मानिसहरुको बसोबास भएकाले सांस्कृतिक घुलमिल राम्रो छ। त्यसैले एकअर्का समुदायको यस्ता कार्यक्रममा सबैको सहभागिता हुने गरेको छ।
कार्यक्रम संयोजकमा नावाका भुवन खड्का थिए भने सांस्कृतिक संयोजकमा सुनिता योन्जन तामाङ थिए। कार्यक्रम सञ्चालन सचिव सन्दीप अधिकारीले गरेका थिए। उनलाई मोनिका र कर्माले सघाएका थिए।

कार्यक्रम सफलताका लागि अस्ट्रेलियाका लागि नेपालकी राजदूत चित्रलेखा यादवका तर्फबाट शुभकामना सन्देस प्राप्त भएको आयोजकले जनाएको छ।
पर्थ सहरको फरेस्ट चेज भन्ने स्थानमा भएको कार्यक्रम सम्पन्न गर्न नेवा गुठी, मगर, गुरुङलगायत समुदायका संस्थाले महत्वपूर्ण योगदान दिएका थिए। सांस्कृतिक कार्यक्रममा साधना डान्स सेन्टरको तर्फबाट रीमा बोगटी, रोमी प्रधान, श्रेया चापागाईं लगायतले प्रस्तुति दिएका थिए।

त्यस अवसरमा विभिन्न संस्थाका प्रतिनिधिहरु, सांसद, मन्त्रीलगायतको पनि सहभागिता थियो। कार्यक्रममा एनआरएनए अस्ट्रेलियालगायत विभिन्न संस्थाहरुले सहयोग गरेका थिए। यसैगरी, सिटी अफ पर्थले पनि सहयोग गरेको थियो।
नेपालबाट आएका चर्चित कलाकारहरु कालीप्रसाद बासकोटा, इन्दिरा जोशी, राजीव लोहनीलगायत कलाकार तथा स्थानीय कलाकारहरुको सहभागितामा साँझ सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो।

कार्यक्रममा मिनिस्टर्स पार्लियामेन्टरी सेक्रेटरी एमएलए याज मुबारकाइ, एमएलए रोजर कुक, डा. टोनी बुटी (एटर्नी जनरल) मिनिस्टर फर कमर्सको पनि सहभागिता थियो।
यस्तै एमएलए बासिल जेमपिलास, डुपुटी लर्ड मेयर काउन्सिलर ब्रुस रेयोल्ड, सुपरिटेन्डेन्ट श्यारोन बर्ड, वेस्टर्न अस्ट्रेलियाका कमिस्नर अफ पुलिस कोलो. ब्लाच, सिटी अफ कोबनका मेयर लोगन के. हाउलट, एरिन गन्टलेटले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।

नेपालका लागि कन्सुलर फ्रेडड्रिक निल ब्राउनले मन्तव्य दिंदै नेपाली परम्परा र संस्कृति निकै राम्रो र प्रभावशाली भएको भन्दै प्रशंसा गरेका थिए। कार्यक्रममा भारतका कन्सुलेट नरेशकुमार, मिज लेनी, मल्टिकल्चरल आबद्ध संस्थाबाट केट रोल्डल्याण्डस, अष्ट्रेलियन एसियन एसोसिएसनका सभापति मेल फियाल्डहो, आइएसडब्लुएका अध्यक्ष दीपक शर्मा, एसोसिएसन अफ भुट्निज, पर्थका अध्यक्ष छिमी दोर्जीको पनि कार्यक्रममा सहभागिता थियो।

यसैगरी, अन्य संस्थाका प्रतिनिधिहरु अनिस जमान, रोहन अमलानी, सतिस नायर, रुपेश कुलश्रेष्ठ (हिन्दी समाज), महेश लामा (एनआरएनए, डब्लुए उपसंयोजक), पीबीडब्लुएका अध्यक्ष विनोद दाहाल, खेल संस्थाका प्रतिनिधि आङ दावा जे. शेर्पा, इन्टरनेशनल नेपाली लिटरेचर सोसाइटी पर्थ च्याप्टर अध्यक्ष रिजा प्रधान सहभागी थिए।
कार्यक्रममा नावाका पूर्वअध्यक्षहरु केदार रिजाल, यादव शर्मा, डा. मणि पनेरु, डा. बासुदेव रेग्मी, बिनय भट्टराई, अष्ट्रेलियन एसियन एसोसिएसनका कोषाध्यक्ष कार्ल डीमोन्टे, कम्युनिटी क्रिकेटका व्यवस्थापक जो डेभिड, हिन्दु काउन्सिल अस्ट्रेलिया, डब्लुएका अध्यक्ष दामजी बाइ कोरया लगायतको पनि सहभागिता थियो।

