चीनमा भूकम्प नेपालमा धक्का
काठमाडौं। चीनमा भूकम्प जाँदा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा धक्का महसुस गरिएको छ। नेपालको सीमा क्षेत्रनजिक पर्ने चीनको सिगात्सेस्थित दिङ्गी काउन्टी केन्द्रविन्दु भएर आज बिहान ५ म्याग्निच्युडको भूकम्प गएको हो।
काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरिएको छ। नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा आज बिहान ४ः५ बजेतिर भूकम्प गएको केन्द्रले जनाएको छ।
उक्त स्थानमा बारम्बार भूकम्प गइरहेको छ। २०८१ पुस २३ गते ७ म्याग्निच्युडको भूकम्प गएको थियो। यस्तै, फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।
पुस २३ को भूकम्प र त्यसपछिका ठूला परकम्पले सिगात्सेमा जनधनको क्षतिसमेत भएको थियो।
जाजरकोट केन्द्रविन्दु भएर मंगलबार मात्रै २ पटक भूकम्प गएको थियो।
प्रतिक्रिया
