इलामको सुखानीमा मोटरसाइकलको ठक्करले नाबालकको मृत्यु

इलाम। माई नगरपालिकामा मोटरसाइकलको ठक्करले नाबालकको मृत्यु भएको छ। बिर्तामोड-दानाबारी सडक खण्डअन्तर्गत माई नगरपालिका-४ सुखानीमा दुर्घटना भएको हो।

दानाबारीबाट झापाको बिर्तामोडतर्फ गइरहेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा–६ का रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार अपराह्न भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ।

मोटरसाइकल र चालक बिर्तामोड नगरपालिका–४ का ३३ वर्षीय नकुल राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। बच्चाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *