सेना हुँ भन्दै फेसबुकमा चिनजान गरी यौन दुर्व्यवहार

इलाम। सेना हुँ भन्दै चिनजान गरी विवाह गर्ने प्रलोभन देखाएर यौन शोषण गर्ने एकजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का ३० वर्षीय पदमकुमार तामाङ पक्राउ परेका हुन्।

प्रहरीले उनलाई इलाम नगरपालिका–७ मा पक्राउ गरेको हो। नेपाली सेनाको पोशाक लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेर परिचय गर्ने अनि कुराकानी अघि बढ्दै गएपछि विवाहको प्रस्ताव गरेको पाइएको प्रहरीको भनाइ छ।

कुराकानीको केही समयपछि सम्बन्धित युवतीसँग भेट गरी त्रास देखाएर तामाङले जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि पीडितका तर्फबाट उजुरी आएपछि खोजीका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलाममका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

प्रहरीका अनुसार तामाङ यसअघि पनि विभिन्न कसुरका आरोपी हुन्। उनीमाथि सार्वजनिक अपराध र चोरीमा संलग्न रहेको कसुरमा यसअघिकै मुद्दा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *