क्यानाडा र बेलायत पठाइदिने भन्दै लाखौं ठगी, २ जना पक्राउ

काठमाडौं। क्यानाडा र बेलायतमा आकर्षक तलब पाइने रोजगारी मिलाएर पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका काठमाडौं महानगरपालिका–२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका काठमाडौं महानगरपालिका–३० बस्ने २३ वर्षीय ईश्वर पोखरेल छन्।

खड्काले बेलायत पठाइदिने भन्दै २ जनाबाट ३६ लाख रुपैयाँ र पोखरेलले एक जनाबाट क्यानाडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएका थिए। प्रहरीका अनुसार रकम लिएर सम्पर्कविहीन भएपनि पीडितले उजुरी दिएका थिए।

उजुरीको आधारमा खड्कालाई शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–८ बाट र पोखरेललाई काठमाडौं महानगरपालिका–१४ बाट शुक्रबार नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *