भोजपुरमा ट्याक्टर दुर्घटना, वडा सदस्यसहित २ जनाको मृत्यु

भोजपुर। भोजपुरमा शनिबार राति भएको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–३ सेतीबगरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भोजपुर नगरपालिका–५ का वडा सदस्य अन्दाजी ५२ वर्षीय नीरप्रसाद फुयाँल र भोजपुर–५ कै अन्दाजी ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु हो।

भोजपुर प्रहरी प्रमुख डीएसपी युवराज तिमिल्सिनाका अनुसार गोबर मल लोड गरेर बोखिमबाट छिनामखुतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर घुमाउरो बाटोमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनामा परेर ट्याक्टरका चालक सुनसरीको धरान उपमहानगरपालिका–५ का ३२ वर्षीय विशाल बोहोरा र सहचालक संखुवासभाको सभापोखरी गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय दिलबहादुर श्रेष्ठ घाइते भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *