ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

इलाम। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–७ ‘जिरो’ मा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

को १ त ७३४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर राति १०ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्याक्टर चालक इलामकै अन्दाजी ४५ वर्षीय सुवास तामाङको मृत्यु भएको हो।

धोवीधाराबाट जिरोतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *