मोटरसाइकल चोरेर भारतमा बेच्नेहरू पक्राउ

विराटनगर। विराटनगरका विभिन्न भागबाट मोटरसाइकल चोर्दै भारतमा लगेर बेच्न सक्रिय समूहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले विराटनगर–१६ दरैया बस्तीबाट विराटनगर–१७ का २५ वर्षीय महम्मद मियाँ र १७ वर्षीय बालकलाई पक्राउ गरेको हो।

उनीहरुले विराटनगरमा मोटरसाइकल चोरी गरी भारतमा लगेर बेच्ने गरेको पाइएको छ। समूहमा अरु पनि हुन सक्ने बताउँदै प्रहरीले खोजी भइरहेको जनाएको छ।

विराटनगरमा ६ दिनयता लगातार मोटरसाइकल चोरीका घटना भएका छन् । यो अवधिमा ६ वटा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ। तीन वटा मोटरसाइकल कोशी अस्पताल क्षेत्रबाट चोरी भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *