‘भ्रष्टाचार र कमिशनतन्त्रले राजनीतिप्रति वितृष्णा’

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, कमिशनतन्त्रले राजनीतिप्रति जनताको वितृष्णा बढ्ने, राजनीतिक कार्यकर्ता र नेताहरूमाथि वितृष्णा बढ्ने भएकाले यसतर्फ सतर्क हुनुपर्ने बताएका छन्।

मधेश प्रदेश सभाको आज मंगलबार बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘यस्ता कुराहरूमा हामी जनप्रतिनिधिहरु सतर्क हुनुजरुरी छ र हाम्रो दृढ संकल्प चाहिन्छ हामी सुशासन दिन्छौँ, कुशासन होइन। कुशासनको अन्त्य गर्छौं सुशासन दिन्छौँ त्यसका लागि लोकतन्त्र चाहिन्छ।’

जनतालाई मर्का नपर्ने गरी छिटो र सेवा उपलब्ध गराउने उनले बताए। ‘जनतालाई पीरमर्का दिँदैनौँ, प्रतीक्षा गराउँदैनौँ, लाइनमा धेरै बसाउँदैनौँ, सकेसम्म हामी छिट्टो छरितो सेवा भावका साथ सेवा उपलब्ध गराउँछौँ, उनले भने, ‘यसो भयो भने डेमोक्रेसी बलियो हुन्छ। डेमोक्रेसी शब्दमा भन्छौँ तर व्यवहारमा अभ्यास गरिरहेका छैनौँ भने जनताले सबलाई ढाँठ भन्छन्। एक दुई ठाउँमा देखेपछि सबैलाई त्यसै हिसाबले रहेको अनुमान गर्छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *