विराटनगरमा अटो र टेम्पो ठोक्किए, ८ जना घाइते

विराटनगर। विराटनगरमा अटो टेम्पो र ई-रिक्सा ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। विराटनगर–१३ मा सोमबार बेलुका दुर्घटना भएको हो।

रोडशेषबाट तालिम केन्द्र चोकतर्फ जाँदै गरेको प्र १–०२–००२ ह ९५९१ नम्बरको अटो र अर्कोतिरबाट आएको विराटनगर १ ह १२७५ नम्बरको ई–रिक्सा ठोक्किएका थिए।

दुर्घटनामा अटो चालक विराटनगर–१५ का ४२ वर्षीय भोला मलाह, यात्रुहरु विराटनगर–१३ का २८ वर्षीय अविनाश पोद्दार, धरान–१० की ३३ वर्षीया पुनम पोद्दार र विराटनगर–८ का ३५ वर्षीय रवीन्द्र रजक घाइते भएको प्रहरीले जनाएको छ।

ई–रिक्सा चालक विराटनगर–१५ का २४ वर्षीय सुनील सुनुवार, यात्रुहरु विराटनगर–१६ की २५ वर्षीया रिना कामत, ५५ वर्षीय गंगा कामत र विराटनगर–१५ की २२ वर्षीया सुनु सुनुवार घाइते भएका छन्। घाइतेहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *