स्रोत नखुलेको ७ लाख १५ हजार रुपैयाँसहित युवक पक्राउ
विराटनगर। स्रोत नखुलेको ७ लाख १५ हजार रूपैयाँसहित विराटनगर-९ मा २४ वर्षीय रोहितकुमार साह पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–१५ घर भएका उनलाई सोमबार दिउँसो पक्राउ गरिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार शंका लागेर जाँच गर्दा साहको साथबाट उक्त परिमाण नेपाली रूपैयाँ बरामद भएको थियो।
रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ। बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ । अनुसन्धान एवं कारबाहीका लागि साहलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने भएको छ।
प्रतिक्रिया
