हलेसीमा रामनवमी मेला सुरू

खोटाङ। खोटाङमा रहेको हलेसी मन्दिर क्षेत्रमा आज आइतबारदेखि रामनवमी मेला सुरु भएको छ। १५ दिवसीय मेला विशेष धार्मिक उत्सवका रूपमा मनाउने गरिएको छ।

हलेसी शिव, विष्णु र किराँत धर्मको त्रिवेणी स्थलका रुपमा प्रसिद्ध छ। हलेसीमा नेपालका साथै भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियासमेतबाट श्रद्धालु भक्तजनहरु आउने गरेका छन्।

श्रद्धालुले सजिलोगरी पूजा गर्न पाउन् भनेर सहयोगका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ। मन्दिरका मूल पुजारी गोपाल गिरीका अनुसार मेलामा ठूलो संख्यामा श्रद्धालुहरुको सहभागिता हुने गरेको छ।

हलेसीको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ। मन्दिरमा रहेका महादेव गुफा, बसाहा गुफा, शिव–पार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार र स्वर्गद्धारजस्ता रहस्यमय स्थलहरू प्राकृतिक र धार्मिक महत्वका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *