पाँचथर डढेलो : १ जनाको मृत्यु ५ घाइते
पाँचथर। कुम्मायक गाउँपालिकामा डढेलोमा परी २८ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको छ।
कुम्मायक–३ ताम्राखु जंगलमा लागेको डढेलोमा परी उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुडाथोकीले जानकारी दिए।
डढेलोमा परेर स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाइते भएका छन्।
घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। कुम्मायक–१ खाल्डेमा लागेको आगो निभाउन गएका स्थानीय ३१ वर्षीय खगेन्द्र विश्वकर्मा लडेर घाइते भएका छन्।
यसैगरी, फिदिम नगरपालिका १३ मा भएको आगलागीमा परेकी ४७ वर्षीया उषाकला राई नेम्बाङलाई पनि उपचारार्थ धरान पठाइएको छ।
प्रतिक्रिया
