इण्डो-नेपाल टी-२० क्रिकेट हुने

विराटनगर। चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगर जुट मिल खेल मैदानमा चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता हुने भएको हो।

यसका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। प्रतियोगितामा भारतका ६ र नेपालका ६ टिम गरी १२ टिमको सहभागिता रहने क्लबकी सचिव शान्ता श्रेष्ठले जानकारी दिइन्।

भारतको दिल्ली युथ क्लब, हाइपरफर्मेन्स क्रिकेट एकेडेमी पटना, प्रशान्त क्रिकेट क्लब जोगवनी, डिजायर क्रिकेट क्लब पूर्णिया, बिहार क्रिकेट क्लब र मुन क्रिकेट एकेडेमी फारबिजगन्ज सहभागी हुनेछन्।

यस्तै, होराइजन क्रिकेट क्लब विराटनगर, सिरहा क्रिकेट क्लब, झापा जिल्ला क्रिकेट क्लब, आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडमी, सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) नेपाल र वाइआरसीसी विराटनगरले प्रतियोगितामा सहभागिता जनाउने भएका छन्।

उद्घाटन खेल आउँदो शनिबार जोगवनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुनेछ। प्रतियोगिता नकाउट आधरमा हुने आयोजकले बताएको छ।

यस वर्षको प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ। उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।

गत वर्ष बिजेतालाई नगद १ लाख ५१ हजार र उपबिजेतालाई ७५ हजार रुपैयाँ दिइएको थियो। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषणा गरी ३ हजार १ सय नगद पुरस्कारद्वारा सम्मानित गरिनेछ।

त्यसैगरी, प्रतियोगिताभर सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरी २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वाधिक रन बनाउने ‘बेस्ट ब्याटर’ र सर्वाधिक विकेट लिने ‘बेस्ट बलर’ लाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

यसअघि तेस्रो संस्करणमा मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले विराटनगरकै होराइजन क्लबलाई हराएर उपाधि जितेको थियो।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुरली चौधरी, संयोजक उद्धव भुजेलले प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद सम्बन्धलाई मजबुत बनाउने बताए।

यस्तो छ खेल तालिका-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *