सिटी सफारीमा छुटेको आइफोन र एक लाख रुपैयाँ यात्रुलाई फिर्ता

विराटनगर। एकजना यात्रुले सिटी सफारीमा बिर्सिएर छाडेको नगद र आइफोन खोजेर प्रहरीले सम्बन्धितलाई फिर्ता दिएको छ।

विराटनगर महानगरपालिका-१ भट्टाचोकबाट सिटी सफारी चढेर शनि मन्दिर चोक जाने क्रममा विराटनगर-३ की सीता खड्काले चैत १६ गते आफ्नो झोला बिर्सिएकी थिइन्।

यसबारे उनले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराइन्। त्यसपछि प्रहरीको टोली खोजीका लागि परिचालन भएको थियो।

खोजीका क्रममा प्रहरीले बुधबार प्र–१०२–००३ ह ६०९० नम्बरको सिटी सफारी कसको हो भन्ने पत्ता लगाएको थियो।

त्यसका चालकको घरमा ती महिलाको झोला फेला परेको प्रहरीले जनाएको छ। नीलो रंगको झोला र त्यसभित्र रहेको एक लाख रुपैयाँ र ‘आइफोन-१३’ प्रहरीले फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

प्रहरीले सिटी सफारी चालकको नाम सार्वजनिक गरेको छैन। बिर्सिएर छाडेको आफ्नो सामान खोजी गरी पाँच दिनपछि फिर्ता गरिदिएकामा कार्कीले प्रहरीलाई धन्यवाद दिएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *