युट्युबर गंगा लामा पक्राउ

विराटनगर। मोरङको मिक्लाजुङ घर भएकी युट्युबर गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ। उनी ‘गुड टिभी’ नामको युट्युब च्यानलकी सञ्चालिका हुन्।

काठमाडौंको पुतलीसडकबाट उनलाई पक्राउ गरिएको जनाइएको छ। साइबर ब्युरोको टोलीले उनीमाथि छानबिन गर्ने भएको छ।

लामाले केही दिनअघि ‘बुबा र छोरी रंगेहात भेटिएपछि’ भन्ने सामग्री प्रशारण गरेकी थिइन्। उक्त सामग्री निकै विवादास्पद र आलोचना भएको थियो।

उक्त सामग्रीका कारण व्यक्तिको चरित्रहत्या भएको भन्दै ब्युरोमा उजुरी परेको थियो। युट्युबर लामा र आरोप लगाउने महिलाविरुद्ध उजुरी दिइएको थियो। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

मोरङको मिक्लाजुङ गाउँपालिका-६ घर भएकी ३९ वर्षीया उनी काठमाडौं बस्दै आएकी थिइन्। लामालाई प्रहरीले विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो।

यसैबीच, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेको दबाबमा लामालाई मंगलबार राति हाजिरी जमानीमा छाडिएको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *