बन्दुक बोकेर मोटरसाइकलमा यात्रा गर्ने २ जना पक्राउ

धनकुटा। साँगुरीगढीका दुई जनालाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ। साँगुरीगढी गाउँपालिका–८ बाट सोमबार राति ३८ वर्षीय मनभा राई र ३२ वर्षीय तेजकुमार विक पक्राउ परेका हुन्।

प्रहरीका अनुसार प्र–१–०२–०४७ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरुलाई शंका लागेर प्रहरीले जाँच गरेको थियो।

त्यस क्रममा उनीहरुको साथमा भरुवा बन्दुक र बारुद फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

उनीहरुले के प्रयोजनका लागि बन्दुक बोकेका हुन् भन्ने खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरुबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *