सुनसरीको हरिनगरमा ९ परिवारको २६ घरटहरा जलेर नष्ट
सुनसरी। सुनसरीको हरिनगरमा भएको आगलागीमा परी ९ परिवारको २६ वटा घर–टहरा जलेर नष्ट भएको छ। हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी भएको हो।
स्थानीय सबिर मियाँको भान्सा कोठाबाट सोमबार अपराह्न सुरु भएको आगो फैलिएर क्षति भएको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आगलागी थप फैलिन नदिन ३ वटा घरटहरा भत्काइएको थियो।
सुनसरीको इनरुवा, हरिनगर, दुहबी र इटहरीबाट पुगेको दमकल प्रयोग गरी आगो निभाइएको थियो। आगाले घरटहरा, खाद्यान्न, कपडा र अन्य धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यसैबीच, अग्निपीडित परिवारलाई हरिनगर गाउँपालिकाले प्रारम्भिक राहत वितरण गरेको अध्यक्ष हाजी गफार अन्सारीले बताए।
प्रतिक्रिया
