इक्युवालिटी कप क्रिकेटः उद्घाटन खेलमा इलाम र सप्तरी भिड्ने

विराटनगर। विराटनगरमा आयोजना हुने चौथो संस्करणको ‘इक्युवालिटी कप क्रिकेट, २०२५’ प्रतियोगिताको उद्घाटन खेलमा इलाम र सप्तरी भिड्ने भएका छन्।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा सोमबार प्रतियोगिता सुरु हुँदैछ। विराटनगर महानगरपालिका–६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा खेल हुनेछ।

फाउण्डेशनका संयोजक मन्दिप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिराहा र सप्तरीका महिला टिमहरू सहभागी हुनेछन्।

सोमबारै हुने दोस्रो खेलमा मोरङ र सिराहाले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

फाउण्डेशनले म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियानअन्तर्गत इक्युवालिटी कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए।

प्रतियोगितामा लिग चरणका ६ र फाइनलसहित जम्मा ७ वटा खेल हुने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *