पानीट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

ताप्लेजुङ। सिरिजंगा गाउँपालिका–४, खेसेवाकी ६ वर्षीया बालिका इतुङना मावोको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको छ। स्थानीय ताराहाङ मावोकी छोरी ट्यांकीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालका अनुसार बेहोस अवस्थामा भेटिएकी उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। त्यहाँ पुर्याएपछि चिकित्सकले बालिकाको मृत्यु भइसकेको जानकारी दिएका थिए।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई शव जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *