ताप्लेजुङमा ७३ हजारभन्दा बढीले दिए राष्ट्रिय परिचयपत्रको आवेदन

ताप्लेजुङ। राष्ट्रिय परिचयपत्रका लागि ताप्लेजुङमा ७३ हजारभन्दा बढीले आवेदन दिएका छन्। १ लाख २० हजार जनसंख्या भएको ताप्लेजुङमा ७३ हजार ८८२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका हुन्।

अघिल्लो आर्थिक वर्षमा ६९ हजार ५०९ जनाले आवेदनदर्ता गराएका थिए। यो वर्षको फागुन मसान्तसम्म ४ हजार २८४ जनाले दर्ता गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सरकारले सामाजिक सुरक्षा भत्तादेखि हरेक काममा यसको प्रयोग अनिवार्य गर्ने भएपछि सेवाग्राही उल्लेख्य संख्यामा बढेका हुन्। प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार सबैभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउनका लागि आउने गरेका छन्।

दर्ता गर्नेको तुलनामा परिचयपत्र लिनेको संख्या भने निकै कम छ। फागुन मसान्तसम्म एक हजार ८२५ जनाले परिचयपत्र लगेको प्रशासन कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *