त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालद्वारा राजीनामा
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्।
बिरामी भएको कारण देखाउँदै शनिबार उनले राजीनामा दिएका हुन्। बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८० फागुन १० गते उपकुलपति नियुक्त गरेका थिए।
प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली आएसँगै उपकुलपति बरालले सरकारबाट असहयोग भएको बताउँदै आएका थिए।
विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेपप्रति पनि उनले पटक–पटक असन्तुष्टि जनाउँदै आएका थिए। राजनीतिक हस्तक्षेपले गर्दा विश्वविद्यालयमा शैक्षिक वातावरणमै असर परेको उनको भनाइ थियो।
उपप्राध्यापकका रूपमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए।
प्रतिक्रिया
