ताप्लेजुङको फक्ताङलुङकी वडा सदस्यको मृत्यु, आइतबार शोक बिदा
तस्बिर सौजन्यः रेडियो काबेली
ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–४ इखावुकी दलित महिला वडा सदस्य दिलमाया विश्वकर्माको शुक्रबार निधन भएको छ। गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार ६० वर्षीय विक स्वास्थ्य समस्या भएपनि उनी उपचार गराउँदै आएकी थिइन्।
यसैबीच, गाउँपालिकाले चैत १७ गते आइतबार पालिका भित्रका विद्यालय, संघसंस्था, बैंक लगायत सबै सरकारी तथा गैरसरकारी कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।
अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिइएको जनाइएको छ। अध्यक्ष लिम्बूले शोक सन्देश दिँदै गाउँपालिकाले कुशल, शालिन जनप्रतिनिधि गुमाएको उल्लेख गरेका छन्।
गत शनिबार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका वडासदस्य ६७ वर्षीय पुण्यप्रसाद खतिवडाको मृत्यु भएको थियो।
प्रतिक्रिया
