विराटनगरमा कुलमान घिसिङको पक्षमा प्रदर्शन

विराटनगर। नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई सरकारले हटाएको विरोधमा विराटनगरमा प्रदर्शन गरिएको छ। नेकपा माओवादीनिकट विद्यार्थीले ट्राफिक चोकमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री विरुद्ध नाराबाजी गरे। यसैगरी मोरङको उर्लाबारीमा पनि प्रदर्शन गरिएको छ। आजै धरानमा पनि घिसिङको समर्थनमा प्रदर्शन गरिएको थियो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *