बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष जेल सजाय

फिक्कल। १३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा सूूर्याेदय नगरपालिका-११ का भरतवीर राईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुुनाएको छ।

अदालतले पाँच लाख रुपैयाँ जरिबाना र तीन लाख रुपैयाँ पीडित राहत कोषमा बुुझाउन पनि आदेश दिएको छ।

गत जेठ १३ गते बन्धक बनाएर पटक–पटक करणी गरेको भन्दै पीडितका अभिभावकले राई विरुद्ध जिल्ला प्रहरीमा किटानी जाहेरी दिएका थिए।

आफ्नै घर आसपास खेल्न आएकी ती बालिकालाई राईले बन्धक बनाएर पटक पटक बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *