स्वास्थ्य विषय विद्यालय तहमा अनिवार्य गर्न प्रस्ताव

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा मंगलबार आयोजित स्तन पाठेघर तथा सर्भाइभल क्यान्सर रक्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐच्छिक होइन अनिवार्य बनाउनुपर्ने उनको प्रस्ताव छ। विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको उनले जानकारी दिए।

‘अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं। शिक्षा जीवनउपयोगी हुनुपर्छ। त्यसैले स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्छ। हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *