धारिलो हतियार प्रहार गरी पत्नीको ह*त्या

झापा। झापाको कनकाईमा आज मंगलबार बिहान एक पुरुषले आफ्नी पत्नीको हत्या गरेका छन्। उनी पनि घाइते अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार कनकाई–५ नारायणदल चोकमा डेरा गरी बस्दै आएका ताप्लेजुङको सिनाम घर भएका ४२ वर्षीय लालबहादुर मंग्रातीले ४० वर्षीया पत्नी मनीषाको हत्या गरेको पाइएको हो।

मादक पदार्थ सेवन गरेको सुरमा पत्नीलाई धारिलो हतियार प्रहार गरेको लालबहादुरले प्रहरीसमक्ष स्वकारेका छन्। मंग्राती दम्पती ज्याला मजदुरी गर्दै उक्त स्थानमा बस्दै आएका थिए।

पत्नीलाई हतियार प्रहार गरेपछि उनी आफैंले गाउँलेलाई घटनाबारे बताएका थिए। त्यसपछि स्थानीय बासिन्दा भेला भएर घटनाबारे प्रहरीमा खबर गरेका थिए।

घाँटीको केही भाग काटिएका लालबहादुरको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङको सिनाम घर भएका उनीहरु दुई वर्षदेखि स्थानीय योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्दै आएका थिए। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *