सरकारलाई कोइरालाको कटाक्ष, ‘विनाशकाले विपरीत बुद्धि’

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सरकारले पदमुक्त गर्ने निर्णय गरेपछि व्यापक प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।

खासगरी धेरैले सरकारको उक्त निर्णयको विरोध र आलोचना गरिरहेका छन्। विपक्षी दलका नेतामात्र होइन सत्तारुढ दलकै नेताहरुले पनि असन्तुष्टि सार्वजनिक गरिरहेका छन्।

सरकारको निर्णयलगत्तै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका थिए। नेता डा. शेखर कोइरालाले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। सरकारको उक्त कदमलाई उनले कुशासनको निरन्तरताको अर्काे कडी भनेर टिप्पणी गरेका छन्।

डा. कोइरालाले लेखेका छन्, ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कति दिन चल्ने र चलाउने? विनाशकाले विपरीत बुद्धि।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *