धनकुटाका वृद्ध गाँजासहित मोरङमा पक्राउ

विराटनगर। धनकुटाका एकजना वृद्ध गाँजासहित मोरङको उर्लाबारीमा पक्राउ परेका छन्। आइतबार दिउँसो उर्लाबारी नगरपालिका–७ बाट ५ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ६३ वर्षीय जीवन राई पक्राउ परेका हुन्।

धरानबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको को १ ख ७३९८ नम्बरको साइनो यातायातको बसमा उनी यात्रा गरिरहेका थिए।

राईले बोकेको झोला शंका लागेर जाँच गर्दा ५ किलो गाँजा फेला परेको मोरङ प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *