कटहरीमा स्कुल बस पल्टँदा १९ विद्यार्थी घाइते
विराटनगर। मोरङको कटहरीमा आइतबार स्कुल बस दुर्घटना हुँदा १९ जना विद्यार्थी घाइते भएका छन्। आइतबार बिहान सवा ११ बजे कटहरी–३ स्थित सुप्रभा बोर्डिङ स्कुलको बस दुर्घटना भएको हो।
प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर भर्ना गरिएको छ। घाइतेहरुको अवस्था सामान्य छ। विद्यार्थी लिनका लागि जहदा गाउँपालिका–४ पुगेर फर्कने क्रममा अनियन्त्रित भइ बस पल्टिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
