५ अर्बको अलैँची, ३ अर्ब २० करोडको चिया निर्यात

इलाम। पूर्वी नाकाबाट ८ महिनाको अवधिमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको चिया निर्यात भएको छ। झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको उक्त अवधिमा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ।

साउनदेखि फागुनसम्म ३ अर्ब २० करोड २ लाख ९१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार करिब १२ हजार ५७६ मेट्रिकटन चिया निकासीबाट उक्त रकम भित्रिएको हो।

आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १२ करोड ७६ लाख ३७ हजार रुपैयाँको चिया निर्यात भएको तथ्यांक छ। गत वर्षभन्दा अलैँची निर्यात पनि बढेको छ।

यसैगरी, यो आर्थिक वर्षको फागुन मसान्तसम्म ५ अर्ब ८३ करोड ७३ लाख ६८ हजार रुपैयाँको अलैँची निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ५ अर्ब १७ करोड २६ लाख ९७ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *