विराटनगरमा दुर्घटना, रङ्गेलीका युवकको मृत्यु

विराटनगर। विराटनगर महानगरपालिका-९ मा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोरङको उर्लाबारीका २१ वर्षीय यसकुमार साहको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका-९ ठाकुरबारी रोडमा चैत ४ गते भएको दुर्घटनामा रंगेली नगरपालिका-७ का साह गम्भीर घाइते भएका थिए।

विराटनगरस्थित विराट नर्सिङ होममा उपचार जारी रहेका बेला उनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

साहले चलाइरहेको प्र २-०१-००१ प ४११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकछेउ बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *