खोटाङको केपिलासगढीमा चट्याङ लागेर महिलाको मृत्यु
सांकेतिक तस्बिर
खोटाङ। चट्याङ लागेर खोटाङको केपिलासगढीमा एक जना महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार केपिलासगढी गाउँपालिका–७ की ४५ वर्षीया दिलकुमारी राईको शनिबार मृत्यु भएको हो।
बिहानै गड्याङगुडुङ सहित पानी परेका बेला उनी आँगनमा रहेको सामान घरभित्र ल्याउन गएकी थिइन्। त्यही बेला परेको चट्याङ लागेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
शनिबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा हावाहुरी र गड्याङगुडुङ सहित वर्षा भएको थियो। हावाहुरीका कारण कतिपय क्षेत्रमा रुख र बिजुलीका खम्बाहरु ढलेका छन्। उच्च हिमाली भेगमा आज हिमपात पनि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रतिक्रिया
