यात्रा गरिरहेका बेला बसमै निधन
सांकेतिक तस्बिर
विराटनगर। झापाको दमकबाट बिर्तामोडतर्फ गइरहेको बसमा यात्रा गर्दागर्दै मोरङको गछियाकी एक महिलाको मृत्यु भएको छ।
मे १ ख २५४५ नम्बरको नागरिक यातायात बसमा यात्रारत् मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिले पुगेपछि साँझ करिब ६ बजेतिर अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अचेत अवस्थाकी चेम्जोङलाई स्थानीय लालीगुराँस मेडिकल हलमा सामान्य उपचारपछि बीएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ पुर्याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए। दीर्घ रोगका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया
