सहिदभूमिबाट खैरो हेरोइनसहित ३ जना पक्राउ
सांकेतिक तस्बिर
धनकुटा। सहिदभूमिबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सहिदभूमि गाउँपालिका–१ बाट बिहीबार अपराह्न उनीहरुलाई पक्राउ गरिएइको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा गइरहेका स्थानीय नगेन्द्र राई, टीकाराम राई र हरिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु चढेको प्रदेश ३–०२–०७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो।
प्रहरीका अनुसार उनीहरुको साथमा १५० ग्राम खैरो हेरोइन भेटिएको हो। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
