इलामको राजदुवाली पुलबाट केही समय आवागमन बन्द हुने

इलाम। राजदुवालीस्थित पुल मर्मत गरिने भएकाले बिहीबार दिउँसो तीन घण्टा यातायात अवरुद्ध हुने भएको छ। मेची राजमार्गको उक्त खण्डमा माईखोलामाथिको पुल मर्मतसम्भार गर्नुपर्ने भएकाले आवागमन बन्द हुने सडक डिभिजन कार्यालय इलमले जनाएको छ।

मर्मत कार्य सञ्चालन हुने बिहीबार दिउँसो १ बजेदेखि अपरा्हन ४ बजेसम्म पुलबाट आउजाउ बन्द रहने कार्यालयले जनाएको छ।

कार्यालयले सूचना जारी गर्दै उक्त समयमा आवागमन गर्नका लागि सवारी साधनहरुले सिमगोलाई–तिल्केनी सडक र केचना–कञ्चनजंघा सडक (फास्ट ट्रयाक) लाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न अनुरोध गरेको छ।

मर्मत कार्य सकिएपछि पूर्ववत् रुपमा यातायात सञ्चालन हुने उल्लेख गर्दै कार्यालयले यसबाट पर्न जाने असुविधाका लागि क्षमा मागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *