विद्यार्थी बोकेको बस नहरमा खस्दा १२ जना घाइते

सुनसरी। विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बिहीबार दिउँसो सुनसरी गढी गाउँपालिका–४ मा रहेको शोभा जेनिएल इङलिस स्कुलको बस छिटाहास्थित भित्री सडक खण्डबाट नहरमा खसेको थियो।

प्रहरीका अनुसार बस नहरमा खस्कदा १२ जना विद्यार्थी घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते सबै विद्यार्थी सुनसरीको बर्जु गाउँपालिका–६ का हुन्।

घाइते हुनेमा ९ वर्षीया राधिका उराऊ, ४ वर्षीया सृष्टि साह, ५ वर्षीया हिसी उराउ, ११ वर्षीया निशा उराउ, ११ वर्षीय आकाशकुमार साह, ९ वर्षीया राधी उराउ, ९ वर्षीया राधिका मण्डल, ८ वर्षीय एसन साफी छन्।

यसैगरी अन्य घाइतेमा ९ वर्षीय आसिफ साफी, ५ वर्षीय आफ्ताब साफी, ९ वर्षीया इसिकाकुमारी राजभार, ९ वर्षीया रोशनी राजभर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *