इलाममा विद्युतीय गाडी दुर्घटना
इलाम। इलाम सदरमुकामस्थित यातायात कार्यालय जाने बाटो नजिक विद्युतीय सवारी साधन दुर्घटना भएको छ।
मेची राजमार्गको उक्त स्थानमा प्रदेश १–०१–००१ ज ३७८० नम्बरको गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा केही यात्रु घाइते भएको जनाइएको छ। प्रहरी टोली घटनास्थल पुगेर बुझ्ने काम गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया
