मोरङको सुकुना स्ववियुमा ओझा

विराटनगर। मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा एलिस ओझा निर्वाचित भएका छन्।

अनेरास्ववियुका एलिसले २९९ मतान्तरका साथ नेविसंघका विजय ओझालाई पराजित गरेका हुन् । एलिसले ९८५ मत प्राप्त गरे। प्रतिस्पर्धी विजयले ६८६ मत प्राप्त गरे।

कोषाध्यक्षबाहेक सबै पदमा अनेरास्ववियुका उमेदवार निर्वाचित भएका छन्। कोषाध्यक्षमा नेविसंघकी सविना थापा निर्वाचित भइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *