ताप्लेजुङमा आगोबाट जोगिन भागेका व्यक्तिको लडेर मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा आगोबाट जोगिन भागेका एक जनाको बारीको डिलबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनका ५७ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाको छ।

आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि दनदनी ठूलो बल्न थालेपछि तामाङको खुट्टामा पोलेको थियो। प्रहरीका अनुसार आगोले खुट्टा पोलेपछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उनी लडेका थिए। तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *