उदयपुरसहित ७ जिल्लाका सीडीओ फेरिए

विराटनगर। गृहमन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पठाइएको छ।

कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा तानिएको छ। यस्तै, सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृह मन्त्रालय ल्याइएको छ।

उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेको पर्वत सरुवा भएको छ भने उनको स्थानमा प्रेमप्रसाद लुईँटेल उदयपुर आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *