प्राज्ञिक विद्यार्थी परिषद् कोशीमा रावत
विराटनगर। प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज रावत निर्वाचित भएका छन्। चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए। प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सहप्रमुखमा भावना गुरुङ र पेमा शेर्पा निर्वाचित भए। जनजाति कार्य प्रमुखमा मौसम राई निर्वाचित भए।
अधिवेशनबाट मिडिया प्रमुखमा मोहन ढकाल, व्यवस्था प्रमुखमा मनिप ओझा, सहसचिवमा अभिषेक पोख्रेल, सुदीप बस्नेत, बिन्दु ढुङ्गाना र नगेश राई निर्वाचित भए।
सदस्यहरूमा जिवसप्रसाद शाह, मनोहर पौडेल, सौरभ पोख्रेल, सञ्जीव तामाङ, मनिष थापा, साजन मगर, दिक्षा मगर, सुरेश लिम्बु, गुनशा लिम्बु, रिङ्की गुप्ता, अस्मिता शर्मा, युनिसा दाहाल, दिपेश थापा, सुरज खड्का, सुजता तामाङ, एलिसा मङ्ग्राती र मनिका तामाङ निर्वाचित भए।
कोशी प्रदेशबाट राष्ट्रिय उपाध्यक्षमा चिन्तामणि बस्नेत निर्वाचित भएका छन्। सचिवमा मुना बिष्ट र जितेन लोहार निर्वाचित भए। केन्द्रीय सदस्यमा पूजा ढुङ्गाना, प्रेम कार्की, कुमार पौडेल, फुरी शेर्पा, युवराज गुरागाईं, कृष्ण गिरी र रचन श्रेष्ठ निर्वाचित भए।
परिषद्को राष्ट्रिय कार्यकारिणी समितिमा अध्यक्ष डा. दयाराम भुसाल र महासचिव दिनेश कार्कीसहित ९० जना सर्वसम्मत निर्वाचित भए।

