मोरङको रमाइलो क्याम्पसमा क्रान्तिकारीका उम्मेदवार विजयी
विराटनगर। मोरङको कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार अनिश कार्की निर्वाचित भएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार मदन कार्कीलाई १ मतले पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन्।
अनिशले ५६ मत प्राप्त गरे भने मदनले ५५ मत पाएका छन्।
स्ववियु सचिवमा अखिल क्रान्तिकारीका शिशिर कोइराला ६२ मत ल्याएर निर्वाचित भएका छन्। नेविसंघका उम्मेदवार जितेश खड्काले ४८ मत पाए।
२०७९ सालमा रमाइलो बहुमुखी क्याम्पसको स्ववियुमा अनेरास्ववियुले प्यानलै जितेको थियो।
प्रतिक्रिया
