ट्रकमा २५ करोड फेला, २ जना पक्राउ

काठमाडौँ। एउटा ट्रकमा राखिएको ठूलो परिमाण नगद प्रहरीले बरामद गरेको छ। उक्त रकम करिब २५ करोड नगद भएको अनुमान गरिएको छ।

रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन। एकजना ट्रक चालक रहेको जनाइएको छ।

काठमाडौँको झोर महाकाल क्षेत्रमा ना १ ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको हो। अनुमानित २५ करोड रुपैयाँ रहेको भए पनि यकिन गर्न गन्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि घटनाबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *