विराटनगरमा ४ घर जले, लाखौंको धनमाल क्षति
विराटनगर। विराटनगर महानगरपालिका–१ मा सोमबार अपराह्न आगलागी हुँदा ४ वटा घर जलेका छन्। आगोले घर र भित्रका धनमाल जलेर नष्ट भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय अनवर अन्सारी, असरफ अन्सारी, अफसर अन्सारी र सन्तोष कामतको घर आगोले जलेको हो। दमकल प्रयोग गरी १ घण्टापछि आगो निभाइएको थियो।
सबै घरहरु टाटीबेराले बनेका र १ तले थिए। घटनामा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। निरन्तर जोडले हावा चलेका कारण आगो निभाउन हम्मेहम्मे परेको थियो।
घर जलेर नष्ट भएपछि ४ परिवारको बिचल्ली भएको छ। आगलागीको कारण खुल्न नसकेको उल्लेख गर्दै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया
