इलामका अग्रज शिक्षक सुवेदीको निधन
इलाम। शिक्षा क्षेत्रमा करिब चार दशक सेवा गरेका इलामका अग्रज शिक्षक टंककुमार सुवेदीको निधन भएको छ।
८६ वर्षीय सुवेदीको आज सोमबार अपराह्न इलाम जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सन्दकपुर गाउँपालिका–३ सुलुबुङ निवासी सुवेदीले सरस्वती माध्यमिक विद्यालयमा करिब ४० वर्ष अध्यापन गरेका थिए।
मुखको क्यान्सरबाट पीडित सुवेदीलाई केही समय भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिएको थियो। उनलाई दुई दिनअघि गृहजिल्ला ल्याइएको स्थानीय पंकज भट्टराईले जानकारी दिए।
सुवेदीको पार्थिव शरीरलाई आजै साँझ सन्दकपुर–३ स्थित घरमा लगेर भोलि मंगलबार बिहान माबु पक्की पुल छेउको घाटमा अन्तिम सस्कार गरिने परिवारका सदस्यले जनाएका छन्।
प्रतिक्रिया
