भोजपुरमा आगलागी, ७ घर जले, निभाउने प्रयास जारी

भोजपुर। भोजपुर नगरपालिका–१२ पारपानीमा सोमबार अपराह्न भीषण आगलागी भएको छ। इनामे सामुदायिक वनबाट सुरु भएको आगो बस्तीमा पसेपछि ठूलो क्षति हुने जोखिम बढेको छ।

प्रहरीका अनुसार आगोले जलेर पैँयापानीका ७ वटा घर ध्वस्त भएका छन्। स्थानीय कालीदास चापागाईं, सोभित श्रेष्ठ, गोपीकृष्ण धमला, गोविन्द चापागाईं, रुद्रप्रसाद ढकाल, गोमा दमाई र रामबहादुर कार्कीको घर तथा पाली जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।

भोजपुरका प्रहरी प्रमुख डीएसपी युवाराज तिमिल्सिनाका अनुसार हावाहुरीका कारण नियन्त्रणमा समस्या भएको छ। उनका अनुसार नियन्त्रण लिने प्रयास भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *